जिल्ला प्रशासन कार्यालय दोलखामा डिजिटल नागरिक बडापत्र

शेर बहादुर भुजेल
चरिकोट –जिल्ला प्रशासन कार्यालय दोलखाले प्रदान गर्ने सम्पुर्ण सेवा सुविधा बारे आम सर्वसाधरण सेवाग्राही नागरिकलाई सरल र सहज ढंगले जानकारी प्राप्त होस भन्ने उद्धेश्यले श्रब्यदृष्य नागरिक वडापत्र राखिएको छ ।

कार्यालयको प्रवेशद्धार सँगै सबै सेवाग्राही नागरिकहरुले देख्ने गरी राखिएको उक्र श्रव्यदृष्य नागरिक वडा पत्रको संघीय जाज (आईतबार) सासंद पार्वत गुरुङले सुभारम्भ गर्नु भयो । दोलखा जिल्लामा सुशासन प्रवद्र्धनको क्षेत्रका कार्य गर्दै आएको मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले एफएचआई ३६० र युएसएआईडी सँगको साझेदारीमा सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिताःस्थानीय पहल कार्यक्रम सँगको सहकार्यमा उक्त नागरिक वडापत्र राखिएको हो । उक्त नागरिक वडा पत्रमा ३० मिनेट लामो श्रब्यदृष्यका माध्यमबाट जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सम्पुर्ण सेवा तथा सुविधाहरुको बारेमा जानकारी प्रसारण हुने गर्दछ ।

नागरिक वडा पत्रको सुभारम्भ गर्नु हुँदै संघीय सासंद पार्वत गुरुङले जनसेवालाई सरलीकृत बनाउँन विज्ञान र प्रविधिको प्रयोग हुदै आएको वर्तमान अवस्थामा जिल्ला प्रशासन कार्यालयले सुचना प्रविधिको प्रयोग मार्फत नागरिकलाई सेवा सुविधाबारे जानकारी दिने प्रयास गरेकोमा खुसी व्यक्त गर्दै सेवा लिनको लागि सेवाग्राहीलाई आवश्यक पर्ने प्रक्रिया र कागजातबारे सहज ढंगले श्रब्यदृष्य नागरिक वडा पत्र मार्फत जानकारी मिल्ने बताउँनु भयो । सो अवसरमा सासंद गुरुङले हुराडेक नेपाल सँग मिलेर जिल्ला प्रशासन कार्यालयले नविनतम कार्यको सुरुवात गरेको भन्दै जिल्लाको अन्य कार्यालयले पनि सेवाप्रवाहमा सूचना प्रविधिको प्रयोग गर्नु पर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले श्रब्यदृष्य नागरिक वडा पत्र हेरे पछि सेवाग्राही नागरिकलाई कुन स्थानबाट के कस्तो सेवा लिने र सेवाको सुरुवात कुन कोठाबाट गर्ने भन्नेबारेमा प्रष्ट जानकारी मिल्ने बताउँनु भयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी पाठकले नागरिक वडापत्रले सेवा लिन आवश्यक पर्ने कागजात, सेवा लिन लाग्ने र समय र शुल्क आदिको बारेमा समेत सेवाग्राहीहरुलाई प्रष्ट जानकारी मिल्ने बताउँनु भयो । सो अवसरमा वहाँले कार्यालयमा आउने वित्तिकै सबै सेवाग्राहीले सेवा प्राप्त गर्छन भन्ने कुराको ग्यारेण्टि नुहने भन्दै वहाँले नागरिक वडा पत्र हेरेपछि सेवाग्राहीलाई सेवा प्राप्त नुहुनको कारणसमेत जानकारी मिल्ने बताउँनु भयो ।

कार्यक्रममा मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठकले अक्षर पढ्न नसक्ने नागरिकहरुलाई समेत लक्षित भिडियोको माध्यमबाट जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाबारे जानकारी लिन सक्ने उल्लेख गर्नु हुँदै सुशसान प्रवद्र्धनमा हुराडेक नेपालले सरकारी निकायहरु सँग रचनात्मक किसिमले सहकार्य अगाडी बढाउँने बताउँनु भयो । सो अवसरमा अध्यक्ष पाठकले रामेछाप जिल्ला प्रशासन कार्यालयमा समेत श्रब्यदृष्य नागरिक वडापत्रका लागि सहकार्य गरिएको बताउँनु हुँदै यसबाट सेवाग्राही नागरिकहरुले सहज ढंगले सेवा प्राप्त गर्ने विश्वास आफुले लिएको बताउँनु भयो ।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवाहरु लगायत विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि र सेवाग्राही नागरिकहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "जिल्ला प्रशासन कार्यालय दोलखामा डिजिटल नागरिक बडापत्र"

Leave a comment

Your email address will not be published.


*