चरिकोट –गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश ३ नम्बरको अधिवेशन सोमबारबाट शुरु भएको छ । अधिवेशनको दोलखाको तामाकोशी गाउँपालिकाको स्थीत किर्नेटारमा सोमबार उद्धघाटन गदै नेपाल सरकारका उपप्रधानमन्त्री एबमं रक्षा मन्त्री ईस्वर पोखरेलले छिटो कानुन बनाएर सरकार अघि बढिइरहेको बताए ।
“कानुन बनाउने विधी छ, त्यसको आफ्नै प्रक्रिया पनि रहेका छन” मन्त्री पोखरेलले भने । उनले सरकारले अहिले प्रदेश र स्थानीय सरकारलाई चाहिने कानुन निर्माण गरिराखेको उनले बताए । अहिले संसदमा धेरै कानुनको दफावार छलफल भइरहेको र कानुन केही दिनमा संसदबाट पारित हुने पनि उनले बताए ।स्थानीय, प्रदेश र संघ गरी तीन तहका ७५३ वटा सरकारको बारेमा संविधानले अनुसूचीमा प्रष्टसंग काम,कर्तव्य किटान गरिदिएको भएपनि किटान गरिएका कामहरूलाई कार्यान्वयन गर्नका लागि कानुन नबनेका कारण सबै तहलाई सन्तुलनमा राख्न समस्या परेको उनले बताए ।
‘कानुनका खुट्टाहरु राम्रो नबनेकै कारण कतिपय अन्तरविरोधी, झेलिएका र एकअर्का्सित बिरोधाभाष कुराहरू पनि भएका छन्।’ उनले भने , ‘राजनीतिक प्रतिबद्धताको आधारमा प्रणाली परिबर्तन संगसंगै संविधान घोषणा गरिएता पनि त्यसलाई कार्यान्वयन गर्नको लागि कानुन र संरचनाको यथोचित व्यवस्था हुन सकेको छैन्।’
कानुन बनाउने बिधि र प्रक्रियालाई अंगाल्दै संसदबाट सबै कानुन पारित गर्ने काममा सरकार लागेको उनले बताए । नेपालको संविधान समेत जम्मा १३९ कानुन रहेको बताउदै उपप्रधानमन्त्री पोखरेलले त्यसमा कुनै पूर्ववत रहेपनि धेरै जसो बनाउनुपर्ने बताए
कार्यक्रममा प्रदेश नम्बर ३ का ७४ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँसभा सदस्यहरु गरि दुई सय २२ जना प्रतिनिधिहरु सहभागी भएका छन ।
कार्यक्रममा स्थानीय बिकासमा गैरसरकारी क्षेत्र साझेदारी, भूकम्प पुनर्निर्माणमा स्थानीय सरकारको परिवर्तित भुमिका र स्थानीय सरकारको तत्कालीन कार्यभार बारे छलफल हुनुका साथै महासचिव र केन्द्रीय अध्यक्षबाट अधिवेशनमा उठेका विषय वस्तुवारे केन्द्रीय तहको भूमिका सम्बन्धमा प्रत्यूत्तर मन्तब्य दिने व्यवस्था गरिएको छ ।
नेतृत्व छनोट प्रक्रियाको निरन्तरता दिने क्रममा सहजिकरण समितिबाट नवनिर्वा्चित पदाधिकारीको घोषणा हुने र हलबाट प्रस्तावित नामको अनुमोदन गर्दै अधिबेशनको निर्णय र तामाकोसी घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ । संयोजकमा हाल दोलखाको तामाकोसी गाउँपालिकाका अध्यक्ष इस्वर चन्द्र पोखरेल संयोजक रहेका छन ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे , पुर्वपर्यटन मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य एबमं प्रदेश नम्बर ३ का सचिब आनन्द प्रसाद पोखरेल, प्रतिनिधी सभा दोलखाका सांसद पार्वत गुरुङ ,प्रदेश नम्बर २ दोलखाका सांसद पसुपति चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Be the first to comment on "गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश ३ नम्बरको अधिवेशन शुरु"