गोठ सुधारमा शैलुङमा अनुदान

सीता तमाङ्ग
चरिकोट, २९ माघ

शैलुङ्ग गाउँपालिकाले भूकम्पपछि गोठ सुधार अन्तर्गत अनुदान दिएको छ ।
कृषकहरुबाट २० प्रतिशत रकम र गाउँपालिकाबाट ८० प्रतिशत रकम संकलन गरी शैलुङ्ग गाउँपालिकाको साविक काटाकुटी गाविस –५ मा रहेको सम्पूर्ण कृषकहरुमध्ये भूक्म्पपीडित २० जना कृषकहरुलाई छनोट गरी २० ओटा उन्नत जातको जर्सी गाई वितरण गरिएको छ ।
त्यसैगरी गाईबाट उत्पादित दूध संकलन गरी बजार व्यवस्थापन पनि गरिएको छ । साथै सिमसार क्षेत्रका कृषकहरुलाई अलैँची खेतीको लागि छ लाख रकम वितरण गरिएको छ ।
विदेशी खाडी मुलुकमा गएर परिश्रम गर्नुभन्दा आफ्नो देशमै परिश्रम गरी आयआर्जन गर्नुपर्छ भनी शैलुङ्ग गाउँपालिकाको उपमेयर लालमाया योञ्जनले जानकारी दिइन् । शैलुङको काटाकुटीमा ग्रामीण पुनः निर्माण संस्थाले पनि गोठ सुधार र गाई पालनमा सहयोग गर्दै आएको छ ।

Shares

Be the first to comment on "गोठ सुधारमा शैलुङमा अनुदान"

Leave a comment

Your email address will not be published.


*