भीमेश्वर नगरपालिका पहिलो चौमासिक समिक्षा– पहिलो चौमासिकमा १० प्रतिशत योजनाहरु सम्पन्न

अर्जून अपवाद
नगरपालिकाले यस वर्ष ७५ करोड ७० लाख ५९ हजार रुपैंयाको बजेट निर्माण गरेको छ। यसमा चालुतर्फ ४१ करोड ८५ लाख २५ हजार र पुँजीगततर्फ ३३ करोड ७० लाख ३४ हजार रुपैंया बजेट विनियोजन गरिएको छ। नगरपालिकाले यस वर्ष १ सय ७३ ओटा विभिन्न आयोजनाहरु सञ्चालन गर्ने बजेट प्रस्तुत गरेको थियो। यसलाई हेर्दा बजेट कार्यान्वयनमा पहिलो चौमासिकमा १० प्रतिशत योजनाहरु सम्पन्न भएका छन् भने ५७ प्रतिशत योजनाहरु सम्झौता भई कार्यान्वयनको चरणमा छन्।
नगरपालिकाले नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने क्रममा प्रस्तुत गरेका कार्यक्रमहरु भने अहिलेसम्म कार्यान्वयनको प्रकृयामा पुगेका छैनन्। नगरपालिकामा किसानले गरेको कृषिलाई बाँदरबाट जोगाउनका लागि बाँदर नियन्त्रण कार्यक्रम राखेर नगरपालिकाले रकम समेत छुट्याएको थियो। यसमा हालसम्म कुनै पनि कार्य भएको छैन। यसैगरि नगर क्षेत्रमा सार्वजनिक सवारी सञ्चालन गर्ने भनेर नीति तथा कार्यक्रममा प्राथमिकतामा राखि बजेट समेत छुट्याइएको थियो। यसमा पनि काम हुन सकेको छैन। “रोकौ बिदेश जान, खोलौ आँफैं कारखाना” भन्ने नारा राखेको उद्योग क्षेत्रमा कुल बजेटको ०.१६ प्रतिशत मात्र बजेट छुट्याईएको छ।
चालु खर्च पहिलो चौमासिकमा २५ प्रतिशत खर्च भएको छ भने पुँजिगत खर्च जम्मा ३ प्रतिशत मात्र। यसले विकास निर्माणका काममा पहिलो चौमासिकमा भएको खर्च ज्यादै न्युन छ।
समग्रमा हेर्दा नगरपालिकामा भएको विकास निर्माणका कार्यक्रममा सम्झौता हुने र कार्यक्रम सम्पन्न हुने दर सन्तोषजनक देखिन्छ। तर नीति तथा कार्यक्रममा राखिएका लोकप्रिय कार्यक्रम अझै सुरु नहुनु भनेको राम्रो संकेत मान्न सकिन्ने जानकारले बताएका छन ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिका पहिलो चौमासिक समिक्षा– पहिलो चौमासिकमा १० प्रतिशत योजनाहरु सम्पन्न"

Leave a comment

Your email address will not be published.


*