चरिकोट –बिष्णु लक्ष्मी – तुलसी माया साहित्य सम्मान २०७५ बाट साहित्कार बलराम दहाल सम्मानित भएका छन । मंगलबार सदमुकाम चरिकोटमा आयोजित प्राकृति प्रकोप न्युनिकरणमा नागरिक समाजको भुमिका विषयक अन्र्तक्रिया तथा साहित्य पुरुस्कार वितरण कार्यक्रममा दहाललाई पूर्व पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेललले सो पुरस्कारबाट सम्मान गरेका हुन । दहाल कालिन्चोक गाउँपालिका वडा नं ९, सुन्दावती स्थायी घर भएका दाहाल स्थापित छन्दकवि हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेलले विकास मानव केन्द्रीत हुनु पर्ने बताए । कतिपय देशको विकासमा प्रायोजित व्यक्ति कारण अबरोध भएको दावि गरे । त्यसैगरी भिमेश्वर नगरपालिका मेयर भरत के.सीले बतावरण जोगाउन नगरपालिकाले विभिन्न नयाँ योजना अगाडी सारेको बताए । नगरपालिकाको माथिल्लो स्थलका सामुदायिक बनमा २० वटा पोखरी निर्माण गर्न लागिएको उनले जानकारी दिए ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका संरक्षक चिरञ्जीवी मास्केको सभापतित्वमा भएको कार्यक्रममा, कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कालिका पाठक, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, जिविस दोलखाका पूर्व उपसभापति शिवप्रसाद भण्डारी, नेकपा नेता शङ्कर लामा, पत्रकार राजेन्द्र मानन्धर, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, पत्रकार रमेश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा प्राकृतिक प्रकोप विशेषाङ्क ‘प्रदेय’ पत्रिका समेत सार्वजनिक गरिएको छ ।
मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक दोलखा तथा विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिको संयुक्त आयोजनामा भएको हो ।
Be the first to comment on "विष्णुलक्ष्मी–तुलसीमाया साहित्य पुरस्कारबाट दहाल सम्मानित"