चरिकोट –स्की तथा स्नोबोर्ड प्रतिष्ठान नेपाल र स्की गाइड्स नेपालको आयोजना र जात्रा एड्भेन्चर ट्राभल्सको सहकार्यमा पौष २४ गतेदेखि कालिन्चोकको कुरीमा स्की महोत्सव सञ्चालन भएको उक्त महोत्सव २ महिना चल्ने आयोजकले जनाएका छन ।महोत्सवको उद्धघाटन कार्यक्रममा जिल्लाका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो । हिउँमा खेल्ने साहसिक खेल स्कीलाई आधारमा राखेर नेपाल स्की महोत्सव सञ्चालन गरिएको हो । कालिञ्चोकको कुरी क्षेत्रमा हिउँ परे लगत्तै आयोजकहरु कार्यक्रमको प्रचारप्रसारमा लागेका थिए । नेपाल स्की महोत्सव सुरु भएको ३ वर्ष पुगिसकेको छ । कालिञ्चोकको कुरीमा हिउँ परेलगत्तै प्रतिष्ठानले यो खेल सञ्चालन गर्दै आएको छ । यस साहसिक खेलमा विगतका वर्षहरुमा हजारौँ साहसिक खेल प्रेमीहरूले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । यस वर्ष स्की लिफ्टको जडान सँगै स्की खेलाडीलाई थप उत्साह पुग्ने लक्ष्य आयोजकले लिएको छ ।
स्की तथा स्नोबोर्ड नेपालका नयाँ पुस्ताहरुको लागि प्रचुर सम्भावना बोकेको साहसिक खेल हो । स्की खेल हिउमा खेलिने बहुचर्चित खेल हो । यस् खेलले नेपालमा भर्खरै चर्चा सँगै सम्भावनाको ढोका खोलेको छ । शाहसी खेल प्रेमिहरुको यस् गौरवमय कार्यक्रमलाई वार्षिक रुपमा हाम्रै दोलखाली भुमीमा सन्चालन गरी दोलखाको पर्यटन प्रबर्धनमा योगदान पुर्याउने ध्येय रहेको महोत्सवका संयोजक एवम् जात्रा एड्भेन्चर ट्राभल्सका सञ्चालक अनिल उप्रेतीले बताए । महोत्सवलाई भब्य बनाउनको निमित्त नयाँ प्रबिधी र दक्ष जनशक्तिको ब्यवस्था गरिएको छ । महोत्सवको अवधिमा कुरी स्थित हिउँमा चिप्लिदै स्की खेल को मज्जा प्रदान गर्न आयोजक अहोरात्र लागेको कुरा प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले बताए ।
समस्त आगन्तुकहरुको प्रवाह प्रबंध गर्ने चुनौतीलाई सहजिकरण गर्न विभिन्न उपकरण , सेवा सुबिधा तथा जनशक्तिको उपलब्ध गराइएको छ । स्की सेट, स्नोबोर्ड सेट, स्की लिफ्ट, आपातकालीन सेवा, सुरक्षा र उद्धार उपकरणहरू, टेंटहरू, होटेल बुकिङ र विभिन्न सेवामुखी स्टलहरू सन्चालन गरिनेछन् । यो खेल हिउँ रहुन्जेल सञ्चालन गरिने आयोजकले बताएको छ ।
Be the first to comment on "कालिन्चोकमा स्की महोत्सव २ महिना चल्ने"