नेकपाले तोक्यो प्रदेशका चार पद, प्रदेश नंम्वर ३ को सचिवमा आनन्द पोखरेल

काठमाडौ –नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ।

नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो। यी चारजनाले प्रदेश कमिटीलाई पूर्णता दिने र तल्ला कमिटीको एकतालाई पूर्णता दिने जिम्मेवारी पाएको नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए।प्रदेश नंम्वर ३ सचिवमा दोलखाका नेता आनन्द पोखरेल परेका छन । पुर्व मन्त्री हाल नेकपाको केन्दिय सदस्य छन ।

तत्कालिन दुई राजनीतिक दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ गते एकता भएर नेकपा गठन भएको हो। यो दल अहिले तल्ला कमिटी र भातृ संगठनको एकताको चरणमा रहेको छ। शुक्रबार बसेको सचिवालयले नियुक्त गरेका प्रदेशका चार पदमा रहेका नेताहरूको नाम यसप्रकार रहेको छ

: प्रदेश १ इन्चार्ज- भीमप्रसाद आचार्य सहइन्चार्ज- सावित्री काफ्ले अध्यक्ष- देवराज घिमिरे सचिव- सुरेशकुमार राई

प्रदेश २ इन्चार्ज- सत्यनारायण मण्डल सहइन्चार्ज- विश्वनाथ साह अध्यक्ष- प्रभु शाह सचिव- सुमनराज प्याकुरेल

प्रदेश ३ इन्चार्ज- अष्टलक्ष्मी शाक्य सहइन्चार्ज- हितबहादुर तामाङ अध्यक्ष- नारायण दाहाल सचिव- आनन्द पोखरेल

गण्डकी  प्रदेश इन्चार्ज- पृथ्वीसुब्बा गुरुङ सहइन्चार्ज- खगराज अधिकारी अध्यक्ष- हितराज पाण्डे सचिव- गोविन्द नेपाली

प्रदेश ५ इन्चार्ज- शंकर पोखरेल सहइन्चार्ज- दलबहादुर राना मगर अध्यक्ष- ओनसरी घर्ती सचिव- जगप्रसाद शर्मा

कर्णालीप्रदेश इन्चार्ज- जनार्दन शर्मा सहइन्चार्ज- यमलाल कँडेल अध्यक्ष- गोरख बोगटी सचिव- मायाप्रसाद शर्मा

प्रदेश ७ इन्चार्ज- भीम रावल सहइन्चार्ज- लक्ष्मीदत्त जोशी अध्यक्ष- कर्ण थापा सचिव- सिंहराज चौधरी (नेपबहादुर)

 

Shares

Be the first to comment on "नेकपाले तोक्यो प्रदेशका चार पद, प्रदेश नंम्वर ३ को सचिवमा आनन्द पोखरेल"

Leave a comment

Your email address will not be published.


*