दीक्षण समाचार
चरिकोट, ३० भदौ
आफ्ना स्वर्गिय पिताको सम्झनामा मेलुङ गाउँपालिका–६, डाँडाखर्कका वडाध्यक्षले ५७ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेका छन् ।
मेलुङ गाउँपालिका–६ डाँडाखर्कका वडाध्यक्ष एवम् बलबहादुर तामाङ प्रतिष्ठानका अध्यक्ष राजुकुसुम लामाले आफ्नो दिवंगत पिता बलबहादुर तामाङको सम्झनामा मेलुङ गाउँपालिका–७, स्थित भिमेन्द्र आधारभुत बिद्यालयका ५७ जना छात्रा÷छात्रहरुलाई विद्यालय पोशाक वितरण गरेका हुन् ।
वडाध्यक्ष लामाले ५७ जना विद्यार्थीहरुलाई प्रतिविद्यार्थी एकदर्जन कपि, कलम, पेन्सिल, पेन्सिल कटर, इरेजर लगायतको सामग्री वितरण गरेका थिए । दलित र विपन्न विद्यार्थीहरुका लागि आफूले सहयोग गरेको अध्यक्ष लामाले बताए
“बुलाले पहिला विपन्नहरुकै लागि जनप्रतिनिधि हुँदा सहयोग गर्नु भयो” उनले भने “म पनि सामाजिक कामकै लागि निर्वाचित भएर आएकाले आफूले पाउने पारिश्रमिक विपन्न वर्गका लागि सहयोग गरेको हुँ ।” आफूले पारिश्रमिक पाउँने गरी जनप्रतिनिधि नभएकाले आफूले पाउने सेवा सुविधा सहयोग गर्न लागेको बताए ।
क्रमशः सबै विद्यालयका दलित, विपन्न विद्यार्थीका लागि सहयोग गर्दै जाने उनले बताए । वडाध्यक्षले प्राप्त गर्ने सुविधावापतको रकम जोगाएर करिब एक लाख बराबरको विभिन्न शैक्षिक सामग्री वितरण गरेको वडाध्यक्ष लामाले जानकारी दिए ।
Be the first to comment on "वडाध्यक्ष लामाले गरे आफ्नो पारिश्रमिकबाट गरे विपन्नलाई सहयोग"