दोलखा सामुदायिक अस्पतालमा अब होल बडी जाँच

दीक्षण समाचार
चरिकोट, २० भदौ
दोलखाकै अस्पतालमा अब होल बडी(पूर्ण शरीर) परीक्षण सुरु भएको छ । दोलखा सामुदायिक अस्पताल प्रालिले यस्तो सेवा सुरु गरेको हो ।
सामान्य मानिसहरु पनि होलबडी परीक्षणका लागि काठमाडौं नै धाउनु पर्ने बाध्यता भएपछि जिल्लामै यस्तो सेवा सुरु गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष अमृतबहादुर बुढाथोकीले जानकारी दिए । “सामान्यतया मानिसले आफ्नो शरीरका अंग तथा प्रणालीहरुले के कसरी काम गरिरहेको छ र कस्तो रोगको लक्षण छ भन्ने देखाउँछ” उनले भने “लक्षण देखिनु अघि दिसापिसाव र भिडियो एक्सरेको माध्यमबाट समस्या समाधान भए नभएको जानकारी पाउँनु नै होलबडी जाँच हो ।”
होलबडी जाँचपछि शरीरमा भएको समस्या समाधान गर्न र त्यसको निदानका गर्न सहज हुने उनले उनले बताए । रोग अनुसार दैनिक खानपानमा पनि सुधार गर्न यसले सघाउ पु¥याउने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
अस्पतालले होलबढी जाँचका लागि उमेर समूह अनुसारको दस्तुर समेत तोकेको छ । सबैभन्दा कम बाल स्वास्थ्य जाँचका लागि २ हजार निर्धारण गरेको छ । मुटुरोग, मधुमेह र मृगौलाको समेत जाँचका लागि छुट्टाछुट्टै प्याकेज बनाएको छ । वृद्धवृद्धाको स्वास्थ्य जाँचका लागि सबैभन्दा बढी ५ हजार ५ सयसम्म निर्धारण गरेको छ । उमेर अनुसार परीक्षण फरक फरक हुने भएकाले शुल्क समेत फरक फरक बनाउनु परेको उनले बताए ।
अस्पतालले स्वास्थ्य परीक्षणका लागि अत्याधुनिक उपकरण व्यवस्था गरेको छ । अस्पतालमा विशेषज्ञ डाक्टरहरु मार्फत विरामीको जाँच र उपचार गराउँदै आएको छ ।

Shares

Be the first to comment on "दोलखा सामुदायिक अस्पतालमा अब होल बडी जाँच"

Leave a comment

Your email address will not be published.


*