चरिकोट । नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्र बहादुर तमाङमाथि आइतवार राती आक्रमण हुँदा गम्भिर घाइते भएका छन । तमाङलाई खुँढा प्रहार गरिएको थियो । खुँढा प्रहारबाट तामाङको खुट्टा र टाउकोमा चोट लागेको छ । घाईते तामाङलाई सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार पछि काठमाडौँ रिफर गरिएको छ । आइतवार राति सँगै खाना खाएर सामुहिक रुपमा सुतेको अवस्थामा उनीमाथी आक्रमण भएको हो । तामाङलाई्सँगै सुतिरहेको अवस्थामा विवाद भएपछि किशोर केसीले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले गएराति तामाङसँगै सुतेका केसी सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । घटना लगत्तै भिनपा वडा नम्वर ६ का ३६ वर्षीय किशोर केसी, सोही स्थानका ३७ वर्षीय श्रवण कुमार श्रेष्ठ र भिनपा २ का २३ वर्षीय मिक्सन श्रेष्ठलाई नियन्त्रणमा लिईएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
तमाङ घाईते भएसँगै नेपाल तरुण दल जिल्ला कार्यसमिति दोलखाले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउँदै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ । अध्यक्ष दावासाङ्गे शेर्पाले ज्ञापन पत्र बुझाउँदै कुनै राजनिति प्रभाबमा दोषिलाई कारवाही नगरी छोडे आन्दोलनमा उत्रने वताए । त्यसैगरि नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाले पनि खुँडा प्रहार प्रति गम्भिर आपत्ति प्रकट गरेको छ । नेबिसंघले खुँढा प्रहार प्रति आपत्ति प्रकट गर्दै बिज्ञप्ती मार्फत बिरोध जनाएको हो ।त्यस्तै खुँढा प्रहारको बिरोधमा नेपाल आदिबाशी जनजाति महासंघ केन्द्रिय समितिले पनि आपत्ति जनाएको छ । केन्द्रिय अध्यक्ष जगतबहादुर बरामले बिज्ञप्ती निकाल्दै दोषिलाई कानुनी कारवाही गर्न आग्रह गरेको छन ।
Be the first to comment on "तरुण दल दोलखाका उपाध्यक्ष माथी आक्रमण"