क्षेत्रीय होटल संघ दोलखामाःनयाँ कार्यसमिती

दोलखा, १९ साउन
क्षेत्रीय होटल संघ दोलखाको अध्यक्षमा रञ्जितकुमार (सन्तोष) पाठक अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिवार सदरमुकाम चरिकोटमा सम्पन्न क्षेत्रीय होटल संघको दोस्रो अधिवेसनले पाठकलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पाठकको अध्यक्षतामा अधिवेसनले १३ सदस्यीय क्षेत्रीय कार्यसमिति समेत सर्वसम्मत निर्वाचित गरेको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा सिताराम घिमिरे, सचिवमा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा सदिपबाबु श्रेष्ठ निर्वाचित भएको होटल संघ दोलखाले जनाएको छ ।
यसै गरी सदस्यहरुमा गणेशविक्रम शाही, पुष्कर अधिकारी, रोशन श्रेष्ठ, पुष्कर बस्नेत, जीवनबहादुर बस्नेत, नवीना लामा गोले, निमा शेर्पा, शक्ति थापा र सन्तविर तामाङ रहेको नवनिर्वाचित भएका छन् ।
दोलखामा होटलहरुको संख्या वृद्धि हुँदै गएपछि व्यवसायीहरु संगठित भएका हुन् । यस अघि सक्रिय होटल व्यवसायीहरु २०७२ बैशाखको भुकम्पपछि संगठन निष्क्रिय थियो । होटलको संख्या हरेक महिना बढ्दै छ । नयाँ नयाँ व्यवसायीहरु समेत बढ्दै छन् ।

 

Shares

Be the first to comment on "क्षेत्रीय होटल संघ दोलखामाःनयाँ कार्यसमिती"

Leave a comment

Your email address will not be published.


*