चरिकोट– दोलखाबाट काठमाडौ हिडेको बलेरो आज दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ भिरकोटमा बोलेरो दुर्घटना हँुदा एक जनाको ज्यान गएको छ । बलेरोमा दुर्घटनामा परी जिल्ला समन्वय समिति दोलखामा कार्यरत मनहरी थापाको घटना स्थलमा ज्यान गएको छ । दुर्घटनामा जिल्ला समन्वय समितिका ईन्जिनियर नारायण शिवाकोटी र बोलेरो चालक गम्भिर घाईते भएका छन् । घाईते दुवैको अवस्था गम्भिर रहेको रहेको बताइएको छ । उनीहरुलाई उपचारको लागि मन्थली अस्पाल तर्फ लगिदै गरेको स्थानीय बताएका छन । दुर्घटना भएको बलेरो बा १८ च ५४२० नम्बरको रहेको छ ।
दोलखाको भिरकोटमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गयो
Posted By: दीक्षण दैनिक ८ श्रावण २०७५, मंगलवार १७:१०
३१ भाद्र २०८१, सोमबार १८:३६
स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई
३१ भाद्र २०८१, सोमबार ११:३४
प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण
३१ भाद्र २०८१, सोमबार ११:४७
Be the first to comment on "दोलखाको भिरकोटमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गयो"