दोस्रो अभ्यास खेलमा नेपाल १९ रनले पराजित

एजेन्सी । कप्तान पारस खड्काबिना दोस्रो अभ्यास खेलमा उत्रिएको नेपाली क्रिकेट टिम पराजित भएको छ । लन्डनमा नेपाल  सेन्ट क्रससँग १९ रनले पराजित भएको हो ।

१६९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि अनिलकुमार शाहले ५६ रनको अर्धशतकीय पारी खेलेभने आरिफ शेखले ३४ रनको योगदान दिए पनि नेपाललाई जित दिलाउन सकेनन् ।

नेपालका अन्य अनुभवि ब्याट्सम्यान चल्न सकेनन् । ज्ञानेन्द्र मल्ल १८, सोमपाल कामी १६ र सुवास खकुरेल १० रनमा आउट हुँदा शरद भेषवाकरी शुन्य र दीपेन्द्रसिहं ऐरी ३ र रोहित कुमार पौडेल १ रनमा आउट भए । एसटी क्रसका लागि फेलिक्स ओर्गनले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एसटी क्रसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । एसटी क्रसका लागि जिम्मी आडम्सले ७२ रन बनाए । नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २–२ विकेट लिए ।

साउन १३ गते इंग्ल्यान्डको लर्डस्मा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्ससँग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दैछ । त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।

Shares

Be the first to comment on "दोस्रो अभ्यास खेलमा नेपाल १९ रनले पराजित"

Leave a comment

Your email address will not be published.


*