इजिप्ट ३–१ ले पराजित ,आयोजक रसिया विश्वकपकाे नकआउट चरण नजिक

विश्वकप २०१८ को आयोजक रसिया जारी फिफा विश्वकपको नकआउट चरणको नजिक पुगको छ।  इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रसिया फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको हो। आफ्नो दोस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रसियाले समूहमा ६ अंक बनाएको छ। पहिलो खेलमा उरुग्वेसँग पराजित भएको इजिप्ट भने घर फर्किने सम्भावना बढेको छ। बुधबार हुने खेलमा साउदी अरेवियाले उरुग्वेविरुद्धको खेलमा जित निकाल्न नसकेको खण्डमा इजिप्ट बाहिरिने छ भने रसिया प्रिक्वार्टर फाइनलमा पुग्नेछ। सेन्ट पिटर्सबर्गमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ४७औं मिनेटमा अहमेद फातीले आफ्नै पोस्टमा गोल गरेपछि रुसले अग्रता लियो। रोमन जोब्निनको प्रहार बचाउने क्रममा इजिप्टका फातीले आत्मघाती गोल गरेका थिए। तीन मिनेटपछि फेरि रसियाले अर्काे गाेल गर्याे। ५९औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रसियालाई २–० को अग्रता दिलाए। उनले मारियो फर्नाण्डेजको पासमा गोल गरेका थिए। यो गोलसँगै चेरिसेभले दुई खेलमा तीन गोल पुर्याएका छन् ।  ७३औं मिनेटमा इजिप्टले पेनाल्टी पायो। इन्ज्युरीका कारण पहिलो खेल नखेलेका सलाहलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सलाहले नै गोलमा परिणत गरे। तर त्यो गोल हार टार्नका लागि पर्याप्त भएन।

Shares

Be the first to comment on "इजिप्ट ३–१ ले पराजित ,आयोजक रसिया विश्वकपकाे नकआउट चरण नजिक"

Leave a comment

Your email address will not be published.


*