नागरिक समाज दोलखाले बुझायो ध्यानर्षणपत्र

चरिकोट– निमार्ण सामाग्री अभाव भएको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितीको कार्यालयमा नागरिक समाज दोलखाले ध्यानार्षणपत्र बुझाएको छ । विभिन्न माग राख्दै समाजले बुधबार ध्यानार्षण पत्र बुझाएको हो ।

ध्यानार्षण वुझ्दै जिल्ला समन्य समितीको प्रमुख डवल पाण्डेले जिल्ला स्तरीय बैठक बसी सहजरुपमा निमार्ण सामाग्री उपलब्ध गराउने वताबरण मिलाउने बताए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले भने आफूलाई अवधै धन्दा रोक्ने अधिकार मात्र भएकाले त्यसलाई बैध बनाए कुनै रोकावट नहुने बताए । पाठकले स्थानीय तह सञ्चालन ऐन २०७४ ले प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिएकाले यदि सबैले स्थानीय तहले बैध बनाए आफू बाधक नहुने बताए ।

Shares

Be the first to comment on "नागरिक समाज दोलखाले बुझायो ध्यानर्षणपत्र"

Leave a comment

Your email address will not be published.


*