शुभराज पोखरेल
जब हामी युवा हुन थाल्छौ, हाम्रो परिवारसँगको सम्बन्ध केही जटिल बन्न थाल्दछ । हामी बाबु आमाबाट स्वतन्त्र व्यक्ति हुनतिर बढ्छौ । तर हाम्रा बाबुआमाले आफ्नो अधिकार बढाइ हामीलाई नियन्त्रण गर्ने प्रयास गर्नुहुन्छ । यहाँ हामीमा नियन्त्रीत र स्वतन्त्र व्यक्ति हुने बीचको संघर्षमा रहन्छौं । “किशोर किशोरी”
किशोरावस्था (१०–१९ वर्ष) को समयावधि मानव विकासका दृष्टिले निकै महत्वपूर्ण अवस्था हो । यही अवधिमा मानिस बाल्यावस्थाबाट परिपक्वतातर्फ अगाडि बढ्रिहोको हुन्छ । किशोरवस्था सङ्क्रमणकालीन अवधी पनि हो । यस अवस्थामा हरेक व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक÷संवेगात्मक, बौद्धिक र सामाजिक पक्षमा महत्वपूर्ण परिवर्तन भइरहेको हुन्छ । किशोरावस्थामा हासिल गर्ने अनुभव, ज्ञान र सीपले नै जीवनको समग्र विकासका लागि महत्वपूर्ण अर्थ राख्छ । त्यसैले यतिवेला दिईने शिक्षा, स्वस्थ, र सुरक्षित वातावरण, सीप, सामाजिक सहभागिता र उनीहरुसँग गरिने व्यवहार नै किशोरकिशोरीको समग्र विकासका र भविश्यको लागि महत्वपूर्ण पक्ष हुन् ।
नेपालमा किशोरकिशोरीको जनसंख्या करिब ६४ लाख छ । यो नेपालको कुल जनसंख्या (२४.१९%) हो । यती ठुलो जनसंख्या ओगटेको किशोरकिशोरीहरू बालविवाह, यौन शोषण तथा यौन दुव्र्यवहार र उत्पीडन, बेचबिखन, विभेद, बालश्रम, हिंसाका शिकार भइरहेका छन् । यस्तै विभिन्न कारण उनीहरुमा मनोसामाजिक समस्यादेखि सूर्ती जन्य पदार्थको सेवान देखि लागू तथा नशालु पदार्थको प्रयोग, अपराधिका कृयाकलापमा संलग जस्ता जोखिमपूर्ण कार्यमा पर्न सक्ने संक्रमण कलिन अवस्था पनि यही हो ।
किशोरकिशोरीका आवश्यकता उनीहरूको उमेर, लिङ्ग, भूगोल र परिवेश अनुसार पनि फरक हुन्छन् । यो सबै विषयलाई सम्बोधन गर्न उनीहरुमा आएको शारीरिक परिवर्तनलाई जसरी परिवार, समाजले स्विकारेको हुन्छ । त्यसै गरी उनीहरु झर्कनु, रिसाउनु, एकान्त खोज्नु, नयाँ कुराको स्वाद लिनु, फेसनदार हुनु, नयाँ ठाउँ घुम्नु, साथीसँग रमाउनु र अभिभावसँग टाढाहुनु, विपरित लिङ्ग प्रति आक्रषण हुन आदि आदि यि सबै किशोरा अवस्थाका विकास क्रमका सामान्य प्रकृया हुन भनी परिवार र समाजले स्विकार्नु पर्दछ ।
किशोरावस्था स्वातन्त्रता खोज्ने बेला हो । त्यसैले उनीहरुलाई केही स्वतन्त्रता पनि दिनु पर्दछ । अभिभावक तथा संरक्षकले आफ्ना सन्ततिलाई निजिकबाट नियाल्दै किशोरावस्थाले सिर्जना गरेका परिवर्तको र त्यसबाट उत्पन्न भएको व्यवहारमाथि ख्याल गर्नुपर्दछ । आप्mना कुरा लाद्ने निर्देशका मात्र बन्नु हुँदैन । मित्रवत र सहयोगी साथीको व्यवहारबाट किशोरावस्थामा आएका परिवर्तनबाट उत्पन्न हुन सक्ने गलत चिन्तन, व्यवहार, खराव संगतबाट जोगाउँदै सिर्जनशिल र जिम्मेवार बनाउन सकिन्छ । यसै गरी किशोर किशोरीले पनि आफूमा आएको शारीरिक तथा मानसिक परिवर्तबाट सिर्जित घटना, व्यवहार तथा अवस्था र गतिविधिको बारेमा आभिभावकसँग खुलेर छलफल गर्नु पर्छ । कुनै संगत वा भूलबस आफू नराम्रो बाटोमा पो लाग्दै छु की भनी सधंै सजग हुनु पर्दछ । अभिभावकले किशोर किशोरीले भनेका कुरामा सहजताका साथ लिंई मित्रवत व्यवहारबाट उनीहरुका समस्याहरुको पहिचान र समाधानको बाटोमा लाग्न प्रेरित गर्नु नै अभिभावकको महत्वपूर्ण भूमिका र दायित्व पनि हो ।
Be the first to comment on "किशोरावस्था र विकास"