मजदुरलाई २० प्रतिशत छुट

चरिकोट– दोलखा सामुदायिक अस्पताल चरिकोटले नेपाल यातयात स्वतन्त्र मजदुर संगठनमा भिमेश्वर नगर कमिटी आवद्ध सबै सदस्यहरुको तथा परिवारको स्वास्थ्य उपचारको लागी सम्पूर्ण सेवामा २० प्रतिशत छुट प्रदान गर्ने भएको छ । नगर कमिटीको पहलमा आफ्ना सदस्यहरुलाई उपचारका लागी सम्पूर्ण सेवामा २० प्रतिशत छुट गर्ने उनीहरु बिच सम्झौता भएको हो। कमिटीका अध्यक्ष तेज बहादुर थापा र दोलखा सामुदायिक अस्पतालका अध्यक्ष अमृत बहादुर बुढाथोकी बुधबार उक्त सम्झौता गरेका हुन । सम्झौतानुसार दोलखा उद्योग बाणिज्य संघका सदस्यहरुलाई ओपिडी सेवामा सतप्रतिशत छुट, फार्मेसीमा ५ प्रतिशत र अन्यमा २० प्रतिशत छुट हुनेछ । १० वर्ष अघिदेखि सञ्चालनमा आएको अस्पतालमा डिजिटल भिडियो एक्स रे, एक्स रे, इसिजी सेवा, आधुनिक उपकरण सहितको प्रयोगशाललामा रगत, खकार, दिशा, पिसाव र वीर्य परीक्षण, आइथाराइड, जाँच, हड्डी तथा जोर्नी सम्बन्धि फिजियो थेरापी सेवा लगातको सेवा रहेको अस्पतालका अध्यक्ष अमृत बहादुर बुढाथोकीले जानकारी दिए। अस्पतालमा विशेषज्ञहरुबाट सेवा सञ्चालन हुने उनले बताए ।

Shares

Be the first to comment on "मजदुरलाई २० प्रतिशत छुट"

Leave a comment

Your email address will not be published.


*