कामको भुक्तानी नभएको भन्दै व्यवसायीहरुको ध्यानाकार्षण

चरिकोट – दोलखा जिल्ला निर्माण व्यवसायीहरुले निर्माण समाग्री कालो बजारी भएको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् । ओली नेतृत्वको सरकार बने यता ४ महिनाको बीचमा रड, सिमेन्ट लगायतको मूल्य आकाशिदा विकास निर्माण महङ्गिएकोले मूल्य नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका हुन् ।
आइतबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउदै संघले दोलखाका नदीबाट निकालिएको वालुवा तथा गिटीमा भएको कालो बजारी समेत रोक्न माग गरेको छ । दोलखा निर्माण व्यवसायी संघका अध्यक्ष रामेश्वर उप्रेतीको नेतृत्वमा भएको व्यवसायीहरुको टोलीले एक बर्ष अगाडीको मूल्यभन्दा एक वर्षको बीचमा बालुवा गिटी प्रति ट्रिप १० हजारसम्म बढेको बताए ।
भुकम्प पीडितका घर निर्माण भइरहेको र विकास निर्माणका काम तिव्र गतिमा भइरहेको बेला निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्य वृद्धि र कालो बजारीले व्यवसायीहरु कामै गर्न नसक्ने भएको उनले बताए । क्रसर संन्चालक र टिपर व्यबसायीको मिलेमत्तोमा भएको त्यसको मार निर्माण व्यबसायी र सर्वसाधारण परेको ज्ञापन पत्रमा उल्लेख गरिको छ ।
त्यसैगरी निर्माण समाग्रीमा प्रयोग हुने डण्डी तथा सिमेन्ट मुल्य बद्धी हुँदा त्यसको मार निर्माण व्यवसायीलाई परेको हँुदा यसमा नेपाल सरकार मौन बसेको भन्दै सरकारको ध्यानआकर्षण गराएको जनाएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय देखी बिकासे अडाले १० महिना बितिसक्दा समेत निर्माण व्यबसायी भुक्तानी नदिएकोले विभिन्न बाहनामा व्यवसायीको भुक्तानी नपाएको गुनासो छ ।
एक वर्ष अघिसम्म एक ट्रिपर बालुवा र गिटीको मूल्यमा १७ हजारसम्म चरिकोट आइ पुग्नेमा अहिले २७÷२८ हजार पुगेको व्यवसायीहरुको गुनासो छ । सिमित क्रसर उद्योग र गाडी व्यवसायीहरुले बालुवा गिटीको कृतिम अभाव देखाएर कालो बजारी गरिरहेको उनीहरुको गुनासो छ ।
गृहमन्त्रीको निर्देशनमा काम नगर्ने निर्माण व्यवसायीहरुलाई पक्राऊ गर्न थालेकोमा पनि व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । “ठेक्का प्रक्रियामा कानुन अनुसार सम्झौता हुन्छ” दोलखा निर्माण व्यवसायी संघका अध्यक्ष उप्रेतीले भने “काम नगर्नेहरुलाई कारबाही गर्ने कालोसुचीमा राख्ने व्यवस्था हुँदा हुँदै एक्कासी पक्राऊ गर्ने र व्यवसायीलाई आतंकित बनाउने काम भएको छ ।” सरकारले बजारमा हस्तक्षेप गरी मूल्य नियन्त्रण र सहज आपूर्तीको व्यवस्था गर्न अनुरोध गरेका छन् ।

Shares

Be the first to comment on "कामको भुक्तानी नभएको भन्दै व्यवसायीहरुको ध्यानाकार्षण"

Leave a comment

Your email address will not be published.


*