चरिकोट–नर्वे सरकारका विकासमन्त्री निकोलाई अस्ट्रुप बुधबार दोलखाको बिगु गाउँपालिकास्थित चिलंखा गाउँमा नर्वे सरकारको सहयोग बनेका बिद्यायको अनुगमन गरेका छन । उनी मन्त्री भए बिदेश भ्रमणको रोजाईमा नेपाल परेको छ । दालखामा नर्वे सरकारको सहयोगमा बनेका झण्डै २ दर्जन विद्यालय भवनको हाल निर्माण जारुी रहेको छ । त्यसको अनुगमन र नेपाल सरकारले सञ्चालन गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी)को प्रभाबकारिता बारे अध्ययन गर्न मन्त्री अस्ट्रुप चिलंखा पुगेका हुन् । २ महिना अघिमात्र नर्बे सरकारको विकास मन्त्री बनेका निकोलाई अस्ट्रुपको यो पहिलो अन्तराष्ट्रिय भ्रमण हो ।
मन्त्री अस्ट्रुपले नर्बे सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएको चिलंखास्थित देबिटार आधारभुत विद्यालयको भवन उद्घाटन गर्दै शिक्षा क्षेत्रलाई बलियो बनाउन सकेमात्र देश बलियो बन्ने बताए । उनले भुकम्पका कारण नेपालले ठुलो क्षती ब्यहोरेकोमा दुःख ब्यक्त गर्दै नर्बे सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् । उनले नेपालमा लामो समयदेखि शिक्षाको विकासका लागि नर्बेले आवश्यक सहयोग गरिरहेको उल्लेख गर्दै आवश्यकताको आधारमा थप सहयोग गर्न आफुहरु तयार रहेको जनाए । नर्वेको सहयोगमा दोलखाका २ वटा गाउँपालिका कालिञ्चोक र बिगु भित्र पर्ने साबिकका ८ गाविसहरुमा १३ वटा सामुदायिक विद्यालयका सबै भौतिक संरचना निर्माण गरिसकेको र बाँकी ९ वटा सामुदायिक विद्यालयको पुनर्निमाण भैरहेको साझेदार संस्था टुकि सिविनका कार्यक्रम संयोजक रबिन्द्र पराजुलीले जानकारी दिए ।
मन्त्री अस्टु्रपले नर्वेको सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडीपी) को प्रभाबकारिता सम्बन्धी कालिञ्चोक गाउँपालिका र बिगु गाउँपालिकाका जनप्रतिनिधि र दोलखाका सरकारी निकायका प्रमुखहरुसँग अन्तरक्रिया गरेका छन् । जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सम्बन्धमा आवश्यक परामर्शसहितको छलफल चलाइरहेको बिगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले जानकारी दिए । कार्यक्रममा दोलखाका प्रदेश सभा सदस्य पशुपती चौलागाई, जिल्ला समन्वय समितिका प्रमुख लगाएतको पनि सहभागिता थियो ।
विकास मन्त्री अस्ट्रुप सँगै नर्बे्जियन राजदुताबासका सिनियर कर्मचारी कुटनीतिक नियोगका पदाधिकारी संलग्न रहेको विद्यालय भवन निर्माणको साझदार संस्था सिविन नेपालका प्रवक्ता कुमार भट्टराइले जानकारी दिए । मन्त्री अस्ट्रुपले बुधबार नर्वे सरकारको लगानीमा निर्माण भएको ६० मेगावाट क्षमताको खिम्ती हाइड्रोपावरको अवलोकन समेत गरेका थिए । अस्ट्रुप सवार हेलिकप्टरलाई नेपाली शेनाले स्कटिङ गरेको थियो ।
Be the first to comment on "नर्वे सरकारका विकासमन्त्री निकोलाई दोलखामा"