चरिकोट–माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको हेडवक्समा स्थानीयले रोजगारीको माग गर्दै गरेको बन्द खुलेपछि ३ दिन पछि काम सुचारु भएको छ । आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका प्रतिनिधि, स्थानी जनप्रतिनिधि र मजदुर पक्षको शनिबार साँझ भएको वार्तापछि आयोजनाको काम सुचारु भएको हो ।
आयोजनाको काम जारी रहँदासम्म सिनो हाइड्रोले रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने, मजदुरहरु बीचको विवाद समाधान गर्ने लगाएतका विषयमा सहमतिपछि आयोजनाको काम सुचारु भएको विगू गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हिण्डे गुरुङले जानकारी दिए । स्थानीयको अवरोधपछि विहीबार विहानैदेखि आयोजनाको बाँध क्षेत्र लामाबगरमा काम हुन सकेको थिएन । स्थानीयले आयोजनामा स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग गरेका थिए ।
स्थानीयको अवरोधपछि विहीबार विहानैदेखि आयोजनाको बाँध क्षेत्र लामाबगरमा काम हुन सकेको थिएन ।
आयोजनाको काम रोकिएपछि आयोजना व्यवस्थापन पक्ष र विगू गाउँपालिकाका जनप्रतिनिधिहरुले समस्या समाधानमा पहल कदमी लिएका थिए । वार्तामा विगू गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्का लगायतको सहभागिता थियो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले अहिलेको बन्द ठेकेदार र स्थानीय बीचको भएकाले आयोजनाले हस्तक्षेप गर्न नमिल्ने तर समन्वय गरेको जानकारी दिए ।
आयोजनाको हेडवक्सको काम ९२ प्रतिशत पूरा भएको छ । आयोजनामा सिभिल निर्माणको काम चिनीया कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । आयोजनाको हेडवक्स, ठाडो सुरुङ र हेडरेस सुरुङ सहितको काम सिनो हाइड्रोको व्यूरो ११ ले गरिरहेको छ । त्यसैगरी विद्युत गृह, टेलरेस सुरुङ लगायतको काम व्यूरो ६ ले गर्दै छ । स्थानीयको अवरोधका कारण व्यूरो ११ अन्र्तगतका सबै काम ठप्प भएको थियो ।
Be the first to comment on "३ दिन पछि सुचारु भयो माथिल्लो तामाकोसी"