नेपाल ७ विकेटले पराजित, सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी यु–१९ एसिया कप  क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

मलेसियाको किनरारा ओभलमा नेपालले दिएको १०४ लक्ष्य अफगानिस्तानले २० ओभर ३ बलमा मात्र ३  विकेट गुमाएर पुरा गर्यो । योसँगै अफगानिस्तान पहिलोपटक एसिया कपको फाइनलमा पुग्न सफल भएको छ ।

यता, पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालको फाइनल पुग्ने सपना सकिएको छ । अब अफगानिस्तानले उपाधिका लागि आइतबार पाकिस्तानको सामना गर्नेछ ।

नेपालले दिएको मध्यम लक्ष्य टेष्ट मान्यता पाइसकेको अफगानिस्तानले सहजै पुरा गर्यो । २४ रन बनाउदा ओपनर इब्राहिम जाद्रानलाई ३ रनमा गुमाएको अफगानिस्तानको लागि अर्का ओपनर रमुनुल्लाह गुर्बाजले अर्धशतकीय पारी खेल्दै जित दिलाए ।

सन्दिप लामिछानेको बलमा क्याच आउट भएका गुर्बाजले ६५ बलमा ९ चौका र २ छक्कासहित ७१ रन बनाए  ।

त्यस्तै अफगानिस्तानका अब्दुल रासोल १२ रनमा अविजित रहदा इक्रम अली खिलले १८ रन जोडे । नेपालका सन्दिप लामिछाने, कमल सिंह एरी र पवन शार्रफले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको थियो । अफगानिस्तानको किफायती बलिङसामु नेपालका अनिल कुमार साहले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन ।

मात्र ९ रन जोड्दा २ विकेट गुमाएको नेपालको लागि अनिलले ५७ बलमा ७ चौका र १ छक्कासहित ५० रन बनाए । नेपालका साहब आलम ७ रनमा अविजित रहे ।

त्यस्तै नेपालका लागि पवन शार्रफले ८, सन्दिप लामिछानेले ७ तथा कप्तान दिपेन्द्र सिहं ऐरी  र  भिम सार्कीले समान ६ – ६ रन जोडे  । यस्तै आसिफ शेख सुन्य रनमा आउट हुँदा रोहित कुमार पौडेल ४ र जितेन्द्र सिंह १ रनमा बनाएर पेभेलियन फर्किए  ।

नेपाललाई कम स्कोरमा अफगानिस्तानका मुजिब उर रहमानले एक्लैले ६ विकेट लिए भने अहमद कमवालले २ विकेट लिए ।

Shares

Be the first to comment on "नेपाल ७ विकेटले पराजित, सेमिफाइनलबाटै बाहिरियो"

Leave a comment

Your email address will not be published.


*