काठमाडौँ, ३ माघः सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन् । उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई फेसबुकको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको अभियोगमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । —
सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई पक्राउ
Posted By: दीक्षण दैनिक ३ माघ २०८१, बिहीबार १८:४३
३ माघ २०८१, बिहीबार १८:३१
कांग्रेससँग सत्ता साझेदारी चुनावसम्मै रहनेछ ः एमाले सचिव भट्टराई
३ माघ २०८१, बिहीबार १९:३१
२०८१ माघ ३ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
सुनचाँदीको मूल्य बढ्यो
३ माघ २०८१, बिहीबार १८:४३
सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई पक्राउ
३ माघ २०८१, बिहीबार १८:३८
Be the first to comment on "सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई पक्राउ"