दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने

चरिकोट (दीस): दोलखाको सदरमुकाम चरिकोटमा भोलिदेखि अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। यो प्रतियोगिता जिल्ला भलिबल संघ दोलखाको आयोजनामा सुरु हुन लागेको हो। जिल्ला भलिबल संघका अध्यक्ष बालकृष्ण खड्काका अनुसार प्रतियोगिताका लागि जिल्लाका आठ टिमले दर्ता गराएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टिमले क्रमशः नगद रु ५० हजार, ३० हजार, २० हजार र १० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक दामोदर जोशीले  जानकारी दिनु भएको छ ।तीन दिनसम्म चल्ने यो प्रतियोगिता भीमेश्वर नगरपालिकाको कर्भड हलमा सञ्चालन हुनेछ। बुधबार नै खेलको टाइसेट र ट्रफी सार्वजनिक गरिएको छ।  जिल्ला खेलकुद विकास समिति दोलखाका पूर्व अध्यक्ष रोहित रोहित चन्द्र खड्काले ट्रफी सार्वजनिक गर्नु भएको थियो।दोलखामा यो पहिलो पटक जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।पत्रकार सम्मेलन जिल्ला भलिबल संघका अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। सम्मेलनमा जिल्ला खेलकुद विकास समिति दोलखाका पूर्व अध्यक्ष रोहित चन्द्र खड्का  र नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्लेले प्रतियोगितासँग सम्बन्धित धारणा व्यक्त गर्नु भयो।

Shares

Be the first to comment on "दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*