चरिकोट(दीस)ः भूमि समस्या समाधान आयोग दोलखाको अध्यक्षमा राकेश श्रेष्ठ मनोनित हुनु भएको छ । उहाँलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार अध्यक्ष पदमा मनोनित गरिएको हो ।
भूमि समस्या समाधान गठन आदेश २०८१ को दफा ८ को उपदफा १ खण्ड क बमोजिम श्रेष्ठलाई भूमि समस्या सामाधन आयोग दोलखाको अध्यक्षमा नियुक्ति गरिएको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
Be the first to comment on "भूमि समस्या समाधान आयोग दोलखाको अध्क्षमा राकेश श्रेष्ठ"