चरिकोट (दीस): राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०३औँ जन्मजयन्तिको अवसरमा चियापान समारोह गरिएको छ। शनिबार दोलखा सदरमुकाम चरिकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको आयोजनामा उक्त चियापान समारोह सम्पन्न भएको हो।
सो पार्टीका कार्यवाहक अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरूले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदानको चर्चा गरेका थिए।
कार्यक्रममा राप्रपाका केन्द्रीय प्रतिनिधि जनक पाठक, राजस्वाका सचिव रमेश श्रेष्ठ, राप्रपाका सचिव राम तामाङ, नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्वअध्यक्ष दीपशंकर चौलागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा चेम्बर अफ दोलखाका अध्यक्ष रुद्रजंग बुढाथोकी , उद्योग बाणिज्य संघ दोलखाका महासचिब सुरेश उप्रेती , पत्रकार श्रृजन कुमार घिमिरे लगायतको सहभागिता रहेको थियो ।
Be the first to comment on "पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह सम्पन्न"