वडाअध्यक्ष फुटबल कपका लागि ट्रफी र टाईसिट सार्वजनिक

चरिकोट (दीस)ः भीमेश्वर नगरपालिका–५ को आयोजनामा सञ्चालन हुने वडाअध्यक्ष फुटबल कपका लागि ट्रफी र टाईसिट सार्वजनिक गरिएको छ । शनिबार आयोजित एक समारोहमा प्रतियोगिताका ट्रफी र टाईसिट सार्वजनिक गरिएको हो ।
माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २० टिम दर्ता भएको आयोजकले जनाएको छ । विजेता टिमले ७५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ४५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
गत वर्ष सुरु गरिएको वडाअध्यक्ष कपलाई निरन्तरता दिँदै यस वर्ष दोस्रो जिल्लाव्यापी मावि स्तरीय छात्र फुटबल प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो । खेल ट्रफी र टाईसिट सार्वजनिक कार्यक्रम वडाअध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, एन्फा कोच शन्त बहादुर तामाङ, दोलखा जिल्ला फुटबल संघका कोषाध्यक्ष पवन खड्का, भिजन युथ क्लबका अध्यक्ष रवि बस्नेत र रेफ्री राजेन्द्र भुजेलले मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रतियोगिता भीमेश्वर–५ को बुढाभीमेसेशन खेल मैदानमा हुने बताइएको छ ।

Shares

Be the first to comment on "वडाअध्यक्ष फुटबल कपका लागि ट्रफी र टाईसिट सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*