काठमाडौँ, १६ पुसः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो । मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणाअनुरुप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आगामी एक दशकसम्म पर्यटन दशक मनाइने उहाँले घोषणा गर्नुभयो । “हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । यही विविधता बीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो । –––
नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार
Posted By: दीक्षण दैनिक १६ पुष २०८१, मंगलवार १५:१५
२३ पुष २०८१, मंगलवार ०७:१८
चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का
२३ पुष २०८१, मंगलवार १२:३५
२०८१ पुस २३ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
२२ पुष २०८१, सोमबार २०:१९
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत
२२ पुष २०८१, सोमबार १८:१५
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
२२ पुष २०८१, सोमबार १८:१७
शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
२३ पुष २०८१, मंगलवार ०९:५४
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी
२३ पुष २०८१, मंगलवार ०९:५१
प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह
२३ पुष २०८१, मंगलवार ०९:५२
Be the first to comment on "नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार"