काठमाडौँ, १६ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्कता भएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज यहाँ आयोजना गरेको श्रम संसद्मा उहाँले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभइ यससँग मानवीय पक्ष पनि हो भन्नुभयो । आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रुपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको स्मरण गर्नुभयो । “निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । नेपालका श्रमजीवीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, सङ्गठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा समावेश गरिएको उहाँले बताउनुभयो । “देशमा सबैभन्दा ठूलो श्रमिकहरूको सङ्ख्या कृषि क्षेत्रमा रहेकाले मैले ‘व्यावसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असरबाट महिला श्रमिकहरू बढी प्रभावित भएका बताउनुभयो । –––
देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
Posted By: दीक्षण दैनिक १६ पुष २०८१, मंगलवार १५:११
२३ पुष २०८१, मंगलवार ०७:१८
चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का
२३ पुष २०८१, मंगलवार १२:३५
२०८१ पुस २३ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
२२ पुष २०८१, सोमबार २०:१९
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत
२३ पुष २०८१, मंगलवार ०९:५४
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी
२३ पुष २०८१, मंगलवार ०९:५१
प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह
२३ पुष २०८१, मंगलवार ०९:५२
Be the first to comment on "देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति"