काठमाडौँ, १९ मङ्सिर: चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नुभएको थियो । सोही दिन उहाँले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुुभएको थियो । दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए ।
नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
Posted By: दीक्षण दैनिक १९ मंसिर २०८१, बुधबार १०:२८
१९ मंसिर २०८१, बुधबार १०:२८
नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
१९ मंसिर २०८१, बुधबार १०:१६
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
१९ मंसिर २०८१, बुधबार १०:२१
डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित
१९ मंसिर २०८१, बुधबार १०:३५
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
१९ मंसिर २०८१, बुधबार १०:३१
‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
१९ मंसिर २०८१, बुधबार २१:२७
२०८१ मंसिर १९गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१९ मंसिर २०८१, बुधबार १०:२३
Be the first to comment on "नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने"