खोटाङ, १४ मङ्सिरः खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ । वर्षात्को पानीलाई ३० हजार लिटरका तीनवटा ट्याङ्कीमा जम्मा गरिएको छ । उक्त संस्थाको रु १२ लाख र विद्यालयको रु एक लाख ९० हजारको लागतमा शुद्धीकरण उपकरण जडान गरिएको हो । उक्त संस्थाले गत आइतबार विद्यालयलाई औपचारिक रूपमा खानेपानी योजना हस्तान्तरण गरेकोे छ । नगरपालिकाको ११ वटा वडामा वर्षौँदेखि खानेपानीको समस्या छ । स्थानीयवासी ट्रयाक्टर तथा गाग्रीमा दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् । चार हजार आठ सय ९७ उपभोक्ता दूधकोशी नदीको पानी लिफ्ट गरेर वितरण गर्नेगरी सञ्चालित ‘बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजना’ अलपत्र छ । सरकारको रु ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको यो आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र भएको हो । –––
अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी
Posted By: दीक्षण दैनिक १४ मंसिर २०८१, शुक्रबार १०:५६
१३ मंसिर २०८१, बिहीबार १८:३३
गौरीशंकर गाउँपालिकामा मतदाता फकाउँदै उम्मेद्वार
१३ मंसिर २०८१, बिहीबार १८:५८
२०८१ मंसिर १३ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१३ मंसिर २०८१, बिहीबार २०:१७
खड्का बागमती प्रदेश लोक सेवा आयोग सदस्यमा नियुक्त
१४ मंसिर २०८१, शुक्रबार १२:२२
२०८१ मंसिर १४ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१३ मंसिर २०८१, बिहीबार १९:४६
बुढापाकालाई गाउँ रित्तिने चिन्ता
१३ मंसिर २०८१, बिहीबार २०:२६
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
१३ मंसिर २०८१, बिहीबार १९:३९
घरेलु हिंसामा साक्षर महिला बढी पीडित
१४ मंसिर २०८१, शुक्रबार ११:११
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?
१३ मंसिर २०८१, बिहीबार २०:२१
व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
१३ मंसिर २०८१, बिहीबार १९:५०
सुरक्षण मुद्रण प्रकरण : विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैदको फैसला
१३ मंसिर २०८१, बिहीबार १९:३५
सट्टेबाजीमा ५५ करोड कारोबार गर्ने पक्राउ
१४ मंसिर २०८१, शुक्रबार १०:५६
अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी
१४ मंसिर २०८१, शुक्रबार ११:०४
Be the first to comment on "अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी"