चरिकोट (दीस) ः लोक सेवा आयोग बाग्मती प्रदेशका सदस्यमा रामबहादुर खड्का नियुक्त भएका छन्। बाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार उनलाई आयोगको सदस्यमा नियुक्त गरेका हुन्।
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा २ अनुसार खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो। दोलखा जिल्ला, गौरीशंकर गाउँपालिका-५ निवासी खड्काको नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।
लामो समय शिक्षण पेशामा संलग्न खड्काले हालै शिक्षण पेशाबाट राजीनामा दिएका थिए। राजीनामा दिनुअघि उनी कालिनाग मावि सिंगटीका माध्यमिक विद्यालय शिक्षक र प्रताप स्मृति कलेजका क्याम्पस प्रमुख थिए।
Be the first to comment on "खड्का बागमती प्रदेश लोक सेवा आयोग सदस्यमा नियुक्त"