चरिकोट (दीस)ः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले दोलखामा पर्यटकीय सम्भावनाहरू रहेको बताउनुभएको छ। शनिबार दोलखा सदरमुकाम चरीकोटमा मुख्य न्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको न्यायिक समिति तथा जनप्रतिनिधिहरूसँगको अन्र्तरसंवाद कार्यक्रम उद्घाटन गर्न दोलखा आउनुभएका उहाँले सो कुरा बताउनुभएको हो। उहाँले दोलखाको पर्यटन प्रवद्र्धन गर्न बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ। दोलखाको विकासलाई प्राथमिकतासाथ अघि बढाउने बताउँदै उहाँले पर्यटकीय स्थल जिरीको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू अघि बढाउने बताउनुभयो । शनिबार चरिकोटमा नै भएको योगसम्बन्धी अर्को कार्यक्रममा मुख्यमन्त्री लामाले स्वस्थ रहनका लागि जीवनमा समयको पालना गर्न आग्रह गर्नुभयो। मुख्यमन्त्री लामाले चरिकोटमा सम्पन्न भएको कभर्ड हलको पनि उद्घाटन गर्नुभएको थियो । न्यायिक समिति तथा जनप्रतिनिधिहरूसँगको अन्तर संवादवाद कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले न्यायिक सम्पादन निष्पक्ष गर्नुपर्ने बताउँदै निष्पक्ष रूपमा जनताले न्याय नपाउने हो भने जनतालाई सरकार भएको अनुभूति नहुने बताउनुभयो। संविधानले सुनिश्चित गरेको मौलिक अधिकार कार्यान्वयन चुनौतीपूर्ण भएको उल्लेख गर्दै मन्त्री काफ्लेले संविधान बलियो हुनका लागि नागरिकहरूले न्यायको अनुभूति गर्नुपर्ने बताउनुभयो । संविधानले तीनवटा सरकारले सहकार्य गरेर काम गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्री काफ्लेले बागमती प्रदेश सरकारले सोही अनुसार काम गर्दै आएको बताउनुभयो। नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले स्थानीय सरकारले निष्पक्ष न्याय दिन नसकेको बताउनुभयो । अहिले पनि न्याय समिति राजनीतिक पूर्वाग्रह तर्फ लागेको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले वकिलले लिने शुल्कका कारण निमुखा नागरिकहरूले हैरानी खेप्नुपरेको बताउनुभयो । नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष ज्योति श्रेष्ठले न्याय प्रणालीलाई सुधार गर्नुपर्ने बताउनुभयो। त्यसलाई खबरदारी गर्न जरुरी रहेको उहाँले बताउनु भयो । न्यायको प्रभावकारी कार्यन्वयनका लागि बनेका संस्थाहरूमा आर्थिक चलखेल रहेको उहाँको भनाई छ । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले न्यायिक क्षेत्रको ज्ञान नहुँदा न्यायिक सम्पादन गर्न जनप्रतिनिधिहरूलाई समस्या पर्ने बताउँदै समस्या समाधान गर्न तथा कानुन निर्माणका लागि सहयोग पु¥याउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा दोलखाका स्थानीय तहका प्रमुख, उपप्रमुख, न्यायिक समितिका सदस्य र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
Posted By: दीक्षण दैनिक ९ मंसिर २०८१, आईतवार १९:०५
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा"