चरिकोट(दीस)ः जिरी नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरले अनुदानमा मिनीटिलर वितण गर्ने भएको हो ।
अनुदानमा कृषि यन्त्रीकरण प्रबद्र्धन कार्यक्रम अन्तर्गत छनोट भएका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा डिजल तथा पेट्रोल मिनी टिलर प्रदान गर्न लागिएको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुस्वत्तम सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन चाहने कृषि फम, कृषक, कृषि सहकारी आदिबाट प्रस्ताव आह्वान गरिएको उहाँको भनाई रहेको छ ।
Be the first to comment on "५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने"