चरिकोट(दीस)ः नेकपा (विप्लव) दोलखाका सेक्रेटरी अर्जुन योगी लगायत १६ जना नेताहरुले संयुक्त रुपमा पार्टीबाट राजीनामा दिएका छन् । बुधवार उनीहरुले महासचिव विप्लव तथा प्रबक्ता प्रकाण्डलाई सम्बोधन गर्दै वर्तमानमा विभिन्न कारणवस पार्टीमा बस्न नसक्ने भन्दै राजिनामा दिएका हुन् ।
राजिनामा पत्रमा आफूहरुले पार्टी परित्याग गरेको समेत उल्लेख गरिएको छ । राजिनामा दिनेहरुमा बैकल्पीक केन्द्रीय सदस्य एबं जिल्ला सेक्रेटरी अर्जुन योगी सहित पूर्व सेक्रेटरी राजन धनुके, नेताहरु सीताराम उप्रेति, नविनकुमार नेपाली, नहकुल पोखरेल,दिपक केसी, मनोज भूजेल, कुमार मिजार, सिर्जना उप्रेती, मञ्जिला बस्नेत, सानुमाया थामी, रमेस तामाङ, शिरिस उप्रेति, कर्णबाहादुर थामी, जयबहादुर खाती तथा पवित्रा थामी रहेका छन् । साथै उनीहरुले कम्युनिष्ट एकता ध्रुविकरण गर्नकालागि गोगीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको अर्जुन योगीले जानकारी दिनुभयो ।
Be the first to comment on "नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा"