चरिकोट (दीस): श्रीजन कन्सट्रक्सन प्रालिका सञ्चालक सुन्दर कार्की उत्कृष्ट करदाताको रुपमा सम्मानित हुनु भएको छ । उहाँ गत आर्थिक वर्षमा सबै भन्दा बढी कर तिरेबापत उत्कृष्ट करदाताको रुपमा सम्मानित हुनु भएको हो ।
राष्ट्रिय कर सप्ताहको अवसरमा बुधवार एक कार्यक्रमको आयोजना गरी करदाता सेवा कार्यालय चरिकोटले उहाँलाई सम्मान गरेको हो । दोलखा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका कार्की निर्माण, हाड्वेर लगायतका ब्यवसायसँग सम्बद्ध रहनु भएको छ । दोलखाबाट मुलुकका लागि सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा छनोट भई सम्मानित हुँदा खुसी लागेको सञ्चालक सुन्दर कार्कीले बताउनु भयो ।
Be the first to comment on "कार्की दोलखाका उत्कृष्ट करदाता"