सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

चरिकोट (दीस)ः जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । सोमबार सदरमुकाम चरिकोट स्थित पशुपति कन्या माध्यमिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।
सचेतना कार्यक्रममा विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी आधारभुत जानकारी, ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना हुनुका कारण र बच्ने उपायहरुको बारेमा प्रशिक्षण दिएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्राईले जानकारी दिनुभयो । कार्यक्रममा करिब १ सय ५० जनाको सहभागिता रहेको थियो । विद्यार्थीलाई प्रमुख भट्टराई र चरिघ्याङ टोल विकास समितिका अध्यक्ष दावा लामाले प्रशिक्षण दिनु भएको थियो ।

क महिनामा उठ्यो ४ लाख बढी राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले एक महिनाको अवधिमा ४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । प्रहरीका अनुसार गत कात्तिक १ गतेदेखि मसान्तसम्मको अवधिमा ४ लाख २० हजार ५ सय रुपैयाँ संकलन गरिएको छ । उक्त अवधिमा ४३४ वटा सवारी साधन कारबाहीमा परेका थिए । प्रहरीले ट्रक ७० वटा, बस ७९ वटा, ट्र्याक्टर २४ वटा, मोटरसाइकल ८३ वटा, अटो ४४ वटा र जिप तथा कार १३४ वटा कारबाहीमा परेको प्रमुख भट्टराईले जानकारी दिनु भयो । एक महिनाको अवधीमा ४ वटा सवारी साधन दुर्घटनामा परेका छन ्। दुर्घटनाका कारण ७ जना सामान्य घाइते, १ जना गम्भीर घाइते भएका छन् भने १ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*