पौरखी कृषी सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न

चरिकोट – दोलखाको भीमेश्वर नगरपालिका–६ चोथाङमा रहेको पौरखी कृषी सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा आज चरिकोटमा सम्पन्न भएको छ। साधारण सभाको   भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले सभाको उद्घाटन भएको थियो ।

सहकारीका अध्यक्ष हरीहर न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा कोषाध्यक्ष गोकुल प्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन, सचिव गोकर्ण बस्नेतले प्रगति प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। त्यस्तै, लेखा सुपरीवेक्षण समितिका सदस्य भक्तबहादुर थापाले लेखा समितिको प्रतिवेदन पेस गर्नुभयो।

सहकारीले कुल २३ करोड ८३ लाख ७४ हजार ६२ रुपैयाँको पूँजी संकलन गरेको छ। सहकारीले १७ करोड ४५ लाख ४७ हजार रुपैयाँ बचत संकलन गरी १५ करोड ७७ लाख १८ हजार ४४५ रुपैयाँ ऋण लगानी गरेको जानकारी सभामा दिइएको छ।

चोथाङ पशुपालन र स्वआर्जन साना किसान कृषी सहकारी संस्थाहरू एकीकरण भएर बनेको पौरखी कृषी सहकारीमा हाल ४ हजार १८७ जना सदस्य रहेका छन्। जसमध्ये ३१ सय १५ शेयर सदस्य, १ हजार ४८ बाल सदस्य, र २४ संस्थागत सदस्य रहेका छन्।

साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट कृषक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, दुई जना ज्येष्ठ नागरिक, र एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने तीन जना विद्यार्थीलाई सम्मान गरेको छ।

Shares

Be the first to comment on "पौरखी कृषी सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*