काठमाडौं –काठमाडौंमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक प्रदर्शन गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा भएको यस प्रदर्शनले सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन, र विपद् व्यवस्थापनमा देखिएको योजनाविहीनताप्रति विरोध जनाउँदै भृकुटीमण्डपमा खबरदारी सभा गरेको छ।
माओवादी केन्द्रले विशेष रूपमा बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण र पुनर्निर्माणको प्रक्रियामा देखा परेका समस्याहरू समाधान गर्न सरकारलाई दबाब दिन यो खबरदारी सभा आयोजना गरेको जनाएको छ। प्रदर्शनमा प्रचण्डसहित माओवादीका सबै प्रमुख पदाधिकारी सहभागी थिए।
सय दिन पुगेको ओली नेतृत्वको दुई तिहाइ समर्थन प्राप्त सरकारलाई असफल ठहर गर्दै माओवादी आक्रामक रूपमा सडकमा उत्रिएको हो। माओवादीले सुशासनको अभियानलाई कमजोर बनाउन भएका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई पनि निस्तेज पार्न दबाब दिइरहेको बताएको छ।
Be the first to comment on "माओवादीको काठमाडौंमा शक्ति प्रदर्शन"