चरिकोट (दीस) –भीमेश्वर नगरपालिकाले सामुदायिक तथा छाडा कुकुरहरूको स्थायी बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम सम्पन्न गरेको छ । “आफ्नो मनलाई उच्च राखौं कुकुर हैन रेबिज मारौ” भन्ने मुल नाराका साथ कात्तिक ४ गतेदेखि कात्तिक ९ गते सम्म संचालन गरिएको उक्त कार्यक्रममा भिमेश्वर नगरपालिकाको वडा नं. १ देखि वडा नं. ०९ सम्मका जम्मा १९३ वटा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको नायब पशु सेवा प्राबिधिक शंकर पाठकले जानकारी दिनुभएको छ । जसमा पोथी ८७ र भाले १०६ वटा रहेका छन् ।
नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ देखि नै सामुदायिक तथा छाडा कुकुरहरूको स्थायी बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम निरन्तर संचालन गर्दै आईरहेको भीमेश्वर नगरपालिकाले जनाएको छ ।२०७६ साल देखी हालसम्म नगरपालिकाले ७ सय ५० भन्दा बढी कुकुरहरुको बन्धाकरण गरिएको जनाइएको छ ।
Be the first to comment on "भीमेश्वर नगरपालिकाद्वारा १ सय ९३ वटा कुकुरको बन्ध्याकरण"