मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति

चरिकोट(दीस)ः यातायात व्यवसायीले मनलाग्दी भाडा लिएको भन्दै शैलुङ गाउँपालिका वडा नम्बर आठले विज्ञप्ति निकालेको छ । वडा नम्बर आठले यातायात व्यवसायीलाई चाड पर्वको बेला विभिन्न बाहानामा तोकिएको भन्दा बढी भाडा नलिन आग्रह गर्दै वडाले विज्ञप्ति निकालेको हो । विज्ञप्तिमा सार्वजनिक यातायातका साधनहरुले मनलाग्दी दोब्बर तथा तेब्बर सम्म भाडा असुल गर्ने तथा यात्रुलाई दुरव्यवहार समेत गर्ने गरेको पाइएकोले यस्तो नगर्न चेतावनी दिइएको छ । व्यवसायीहरुलाई जिम्मेवार बनी काम गर्न हुन अथवा कानुनी कारवाही भोग्न तयार रहन वडाध्यक्ष धनबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Shares

Be the first to comment on "मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति"

Leave a comment

Your email address will not be published.


*