खुर्कोटमा बेली बृज निर्माण सम्पन्न

रामेछाप(दीस)ः रामेछाप तथा सिन्धुली जोड्ने खुर्कोटमा बेलि जडान गर्ने काम सम्पन्न भएको छ । असोज ११ र १२ को वर्षाले बगाएको सुनकोशी पुलमा बेली बृज राख्ने काम करिब सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । पुल निर्माणसँगै नेपाली सेनाले दुई जिल्ला जोड्ने रामेछापको मुख्य मार्ग सुचारु गर्ने बाटो अन्तिम चरणमा पु¥याएको छ । अस्थाई सडक निर्माण तथा पुलको निर्माण पूर्ण रुपमा सम्पन्न भएपछि बाटो सञ्चालनमा आउने छ । सेनाले असोज २० गतेदेखि बेलिब्रिज निर्माण (जडान) सुरु गरेको थियो । यो पुल बगाएपछि रामेछाप जिल्ला तराई तथा राजधानी काठमाडौसँग सडक सञ्जाल तोडिएको थियो । एसियाली विकास बैंकको १७ करोड रुपैयाँभन्दा बढी सहयोगमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले सुनकोशी नदीमा दुई वटा स्पानको उक्त पुल आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण गरेको थियो । सो पुलको आधा भाग हालै आएको बर्षाले बगाएको थियो ।

Shares

Be the first to comment on "खुर्कोटमा बेली बृज निर्माण सम्पन्न"

Leave a comment

Your email address will not be published.


*