काठमाडौँं, १३ असोजः गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन । काभे्रपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ । मन्त्रालयका अनुसार शनिबार काठमाडौंँ उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताउनुभयो । मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानबाट हालसम्म एक सय सात जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीर्घ सञ्चालनमा ल्याउन तदारुकपताका साथ लाग्न निर्देशन दिइसक्नु भएको छ । —
हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार
Posted By: दीक्षण दैनिक १३ आश्विन २०८१, आईतवार १३:३०
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार"