त्रिवेणी (नवलपरासी), ८ असोजः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । –––
नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते
Posted By: दीक्षण दैनिक ८ आश्विन २०८१, मंगलवार १०:३९
१८ मंसिर २०८१, मंगलवार १९:४०
२०८१ मंसिर १८गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१८ मंसिर २०८१, मंगलवार १०:०६
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
१८ मंसिर २०८१, मंगलवार १०:०८
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक
१८ मंसिर २०८१, मंगलवार १४:३७
भीमेश्वर नगरपालिकाद्धारा ‘नागरिक वैज्ञानिक’ अभियान विस्तारमा जोड
१८ मंसिर २०८१, मंगलवार १४:४४
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
१८ मंसिर २०८१, मंगलवार ०९:५९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः मध्यराति पर्यटनमन्त्रीद्वारा अवलोकन
१८ मंसिर २०८१, मंगलवार ०९:५४
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
१८ मंसिर २०८१, मंगलवार १४:३०
Be the first to comment on "नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते"