गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते

चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा आइतबार साँझ बोलेरो दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्। वागमती प्रदेशको बा २० च ७२६६ नम्बरको बोलेरो गाडी साँझ करिब ५ः३० बजे अनियन्त्रित भएर वडा कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा बोलेरो चालक मिङमार शेर्पा, पसी शेर्पा, काली शेर्पा, अन्तु शेर्पा, र अन्तु शेर्पाकी बुहारी घाइते भएका छन्। पसी शेर्पा र काली शेर्पाको अवस्था  गम्भीर रहेको स्थानीयहरुले बताएका छन् । घाइतेहरूलाई सिंगटी प्राथमिक अस्पतालमा उपचारका लागि एम्बुलेन्स मार्फत लगिएको छ। प्रहरीले घटनाकोबारे थप जानकारी आउन बाँकी रहेको जनाएको छ ।

 

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते"

Leave a comment

Your email address will not be published.


*