काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानाले जानाजान गल्ती नगरेको र यो विषयलाई अनावश्यक रूपमा राजनीतिक रुपमा विवादित बनाइएको दाबी गरेका छन्। उनले बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उपसभामुखले गल्ती स्वीकार गरिसकेको भए पनि १९ महिनापछि यसलाई राजनीतिक फाइदाका लागि उठाइएको बताए।
सांसद झाले संसद सचिवालयसँग सम्बन्धित नरहेका ६ व्यक्तिलाई अमेरिका पठाउन भिसा अन्तर्वार्ता मिति मिलाइदिन उपसभामुखले संसदको लेटरहेड प्रयोग गरी लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुखको पदीय मर्यादा प्रश्नमा आएको स्वीकार गरे। तर, उनले यो विषयलाई अहिले पुनः उठाइनु गलत भएको भन्दै उपसभामुखले आफूबाट गल्ती भएको स्वीकार गरी विज्ञप्ति समेत निकालिसकेको जानकारी दिए।
उनको भनाइ अनुसार, यो पुरानो विषयलाई अब राजनीतिक बार्गेनिङको रूपमा प्रयोग गर्नु अनुचित हो।
Be the first to comment on "मनिष झाको दाबी : उपसभामुखले पूर्ण ज्ञान नभएर अमेरिकी दूतावासलाई पत्र लेख्नुभयो"