भद्रपुर (झापा), २६ भदौः स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ । प्रहरीले आव २०७८/७९ मा रु चार करोड पाँच लाख छ हजार एक सय ८१, आव २०७९/८० मा रु तीन करोड ९८ लाख ३६ हजार तीन सय ६४ र आव २०८०/८१ मा रु पाँच करोड ७० लाख ४६ हजार चार सय ८८ को भन्सार छलीका सामान बरामद गरेको हो । प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा रु एक करोड ७८ लाख ९७ हजार आठ सय ४६ मूल्यका चार हजार दुई सय ८९ दशमलव ४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो । प्रहरीले आव २०७८÷७९ मा एक हजार दुई सय ६८ क्यूबिक फिट, आव २०७९/८० मा दुई हजार चार सय ७२ क्यूबिक फिट र आव २०८०÷८१ मा पाँच सय ४९ दशमलव ४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो । –––
बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद
Posted By: दीक्षण दैनिक २६ भाद्र २०८१, बुधबार ११:५९
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:१३
बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
१० मंसिर २०८१, सोमबार १४:००
Be the first to comment on "बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद"