मन्थली (रामेछाप), ९ भदौः दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छभने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारीअनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ । (रासस)
दोरम्बा पहिरोः छ जनाको मृत्यु, चार बेपत्ता
Posted By: दीक्षण दैनिक ९ भाद्र २०८१, आईतवार ११:०६
१० मंसिर २०८१, सोमबार १९:२१
२०८१ मंसिर १० गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:१३
बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
१० मंसिर २०८१, सोमबार १४:००
Be the first to comment on "दोरम्बा पहिरोः छ जनाको मृत्यु, चार बेपत्ता"