प्रधानमन्त्रीलाई प्रमुख तीन दलले बुझाएको ज्ञापन पत्रप्रति भीमेश्वर गुठी ब्यवस्थापन समितिको आपत्ति

सरिता भण्डारी ,चरिकोटः दोलखा भीमेश्वर गुठीको नाममा मेलुङ गाउँपालिका वडा नंं ४ मा रहेको जग्गा मोहीको नाममा पास गरिनुपर्ने माग राख्दै दोलखाका राजनैतिक दलले प्रधानमन्त्री समक्ष बुझाएको ज्ञापनपत्रप्रति भीमेश्वर गुठी व्यवस्थापन समितिले आपत्ति जनाएको छ । दोलखाका प्रमुख तीन दल नेपाली काँग्रेस ,नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले गत हप्ता प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै “मेलुङ गाउँपालिका वडा नं. ४ साविक भेड्पु गाविसको सबै जग्गा जमिन जनताको स्वामित्वमा भएर भोग चलन गरेको जग्गाको जग्गाधनी पूर्जा हाल सम्म पनि जग्गाधनीले प्राप्त गर्न नसकेको र गुठी ऐन नहुँदा भेड्पुका करिब २५ सय घरपरिवारले आफ्नो कुनैपनि जग्गाको किनबेच नामसारीलगायत कुनैपनि कारोबार गर्नबाट बञ्चित भई सुकुम्बासी सरह पीडित भएकाले गुठीबाट जनताको नाममा दिलाइदिनु पर्ने ” भन्ने बिषय प्रति भीमेश्वर गुठी व्यवस्थापन समितिको ध्यानाकर्षण भएको भन्दै बुधबार पत्रकार सम्मेलन गरेको छ  । भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष्य भरत श्रेष्ठका अनुसार नेपाल एकीकरण पश्चात दोलखा भीमेश्वर गुठी सञ्चालनमा समस्या आएपछि त्यतिबेलाका तत्कालिन शासक रण बहादुरशाहले वि.संं. १८५० सालमा मा चार किल्ला तोकी खेतको बाली ,पाखो खर्कको कुत बाँधी भेड्पुको जमिनलाई गुठीमा राखिएको थियो । पूजाका लागि आवश्यक सामान तोकी गुठी चलाउन विभिन्न चार गुठियार तोकिएको थियो । जसबाट भीमेश्वरको गुठी चलाई ,नित्य पूजा गरी बाँकी रहेको आधाले भीमेश्वरको गरगहना ,भाडा वर्तन सत्तल पाटी पौवा मर्मत गर्नु र बाँकी आधा गुठीयाले खानु भनि ताम्रपत्र गरिदिए अनुरुप नै केहि दशक अगाडि सम्म पनि उनिहरुकै सन्तानले चलाएको उहाँले जानकारी दिनुभयो । उहाँ भन्नु हुन्छ “वि. सं. ४४÷४५ साल तिरबाट त्यस आम्दानीले तोकिएको भीमेश्वरको पूजा सञ्चालन गर्न कठिनाई भएकाले दोलखाका गुठियारहरु ,स्थानिय संघ सस्था,जिल्ला प्रसाशन कार्यलय, मालपोत कार्यलयलगायतको सहयोग र चन्दा संकलनबाट कठिनले पूजा संचालन भएको र हाल सम्म पनि त्यहि समस्या कायम रहकोले मन्त्रीदेखि प्रधानमन्त्री सम्मलाई गुहारियौं तर कुनैपनि निकायले उक्त समस्याको संबोधन गरेको छैन्  ।”यहि समस्याकै कारण आठ पर्वी पूजा पनि बन्द भएको जनाइएको छ ।
परापूर्वकालदेखि सञ्चालनमा रहेको देशकै प्रमुख धार्मिक स्थल विभिन्न सूचकको रुपमा पसिना निकाल्ने साक्षत भगवान भीमेश्वरको बारेमा संबोधन नै नगरी प्रमुख दलले एक तर्फी ढङ्गले बुझाइएको ज्ञापनपत्र प्रति आफुहरु अतेन्तै दुखित भएको श्रेष्ठले बताउँनुभयो । गुठीको नापीका बेला उक्त जग्गा व्यक्तिको नाममा रैकरमा नापी हुनुपर्ने माग राखेका कारण भीमेश्वरको गुठीको जग्गा रहेको भेड्पुको जग्गा हाल सम्म पनि नापी हुन सकेको छैन् ।

Shares

Be the first to comment on "प्रधानमन्त्रीलाई प्रमुख तीन दलले बुझाएको ज्ञापन पत्रप्रति भीमेश्वर गुठी ब्यवस्थापन समितिको आपत्ति"

Leave a comment

Your email address will not be published.


*