भीमेश्वर नगरपालिकाको जिलुमा टेम्पु दुर्घटना हुँदा ४ जना घाइते

चरिकोट (दीस) – दोलखाको सदरमुकाम चरिकोटबाट जिलु जाँदै गरेको टेम्पु भीमेश्वर नगरपालिका वडा नं ४ स्थित जिलुमा आज दुर्घटना हुँदा ४ जना घाइते हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दुर्घटना परी घाइते हुनेहरुमा सोही वडा जिलुका २० वर्षीया कोपिला चौलागाई, २८ वर्षीया अन्जु केसी, २८ वर्षीया सविता केसी र चालक ३१ वर्षीय दिपेन्द्र चौंलागाई रहेका छन् । घाइतेहरु उहाँहरुको पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाई रहेको छ ।चरिकोटमा उपचारपछि घाइतेहरुलाई काठमाडौको ट्रमा सेन्टरमा पठाउने तयारी भईरहेको वडा अध्यक्ष तारानाथ चौलागाईले बताउनु भयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाको जिलुमा टेम्पु दुर्घटना हुँदा ४ जना घाइते"

Leave a comment

Your email address will not be published.


*