काठमाडौँ, २४ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य आज रु एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु एक हजार आठ सय २५ रहेको थियो । –––
सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो
Posted By: दीक्षण दैनिक २४ जेष्ठ २०८१, बिहीबार ११:५६
११ मंसिर २०८१, मंगलवार १८:३३
२०८१ मंसिर ११ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
११ मंसिर २०८१, मंगलवार ०९:२४
आज काठमाडौँका यी स्थानमा बिजुली काटिने
११ मंसिर २०८१, मंगलवार १३:५८
Be the first to comment on "सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो"